प्रधानसेनापति र चिनियाँ राजदूतबीच पहिलो पटक शिष्टाचार भेट


काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपाली सेनाको प्रधान कार्यालय जंगी अड्डामा बुधबार प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेट भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रधानसेनापति शर्मा र राजदूत यान्छीको भेटमा दुई देशको आपसी हितबारे छलफल भएको निर्देशनालयले जनाएको छ । ‘प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो,’ निर्देशनालयले भेटबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले लिएको छ ।’

भदौ २४ गते नियुक्त भएका प्रधानसेनापति नियुक्त र चिनियाँ राजदूतले पहिलोपटक शर्मासँग भेट गरेकी हुन् ।

प्रतिक्रिया