अभिनेत्री उपसना सिंहले दिने भइन् अध्ययन परामर्श


काठमाडौं– एजुकेशन एण्ड माइग्रेसन कर्नरले गर्ने एउटा शैक्षिक सम्मेलनमा अभिनेत्री उपसना सिंह ठकुरीले पनि परामर्श दिने भएकी छन्।

एजुकेशन फेयरका रुपमा गर्न लागिएको उक्त कार्यक्रम आगामी १० असोजमा पुतलीसडकस्थित आयोजक संस्थाको कार्यालयमा हुनेछ।

उच्चशिक्षा अध्यन गर्न बिदेश जान चाहने नेपाली बिध्यार्थीहरूलाई जानकारी दिन समय समयमा यस प्रकारको कार्यक्रम गरिँदै आएको छ। यस पटकको कार्यक्रममा उच्च शिक्षा अध्यन गर्न अमेरिका, बेलायत र क्यानडा जान चाहने विद्यार्थीहरूलाई परामर्श दिइनेछ।

उक्त परामर्शको सम्मेलनमा सहभागी हुन आएका बिध्यार्थीहरू मध्ये गोलाप्रथाबाट २० जनालाई अभिनेत्री ठकुरीले बिभिन्न उपहारहरू प्रदान गर्नेछिन्। २० जनाले निशुल्क भिसा प्रोसेसिंग गर्न पाउने जानकारी आयोजक संस्थाका नितेश उप्रेतीले बताए।

प्रतिक्रिया