हेटौंडाबाट ७ जुवाडे प्रहरी नियन्त्रणमा


मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

२६ हजार ९८५ नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगदसहित शनिबार दिउँसो हेटौंडा उपमहानगरपालिका(१ चाईना क्वाटर बस्ने ३७ वर्षीय राकेश के.सी.को घरबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार हेटौडा उपमहानगरपालिका–१ का ३७ वर्षीय राकेश के.सी. (घरधनी), सोही उपमहानगरपालिका –१० बस्‍ने ४२ वर्षीय श्रेष्ठ, ३८ वर्षीय प्रदीप जंग पण्डित, ४० वर्षीय पदम बहादुर भण्डारी, धुनिवेशि नगरपालिका—९ घर भइ हाल हेटौडा उपमहानगरपालिका(१ बस्ने ३६ वर्षीय बाबु कृष्ण उप्रेति , ५५ वर्षीय एकबहादुर थापा र ३१ वर्षीय दिपेन्द्र कुमार मिश्रलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ४ बुक तास, २६ हजार ९८५ नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया