सशस्त्र प्रहरीका जवान मृत फेला


तस्बिर: सामाजिक सञ्जाल

काठमाडौं – कञ्चनपुरमा सशस्त्र प्रहरीका जवान मृत फेला परेका छन्। प्रहरीका अनुसार बेलौरी नगरपालिका–३ खिरिया घर भएका २५ वर्षीय जितबहादुर चौधरी मृत फेला परेका हुन्।

बेलौरी नगरपालिकामा पर्ने बन्धातालमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक डिएसपी) सिद्धराज न्यौपानेले बताए। उनका अनुसार साथीहरुसँगै बन्धातालमा पौडी खेल्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका थिए।

बेपत्ता भएको दुई घण्टापछि चौधरीको शव फेला परेको होे। मृतक चौधरीको शव पोष्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चौकी बेलौरीको शव गृहमा पठाइएको डिएसपी न्यौपानेले बताए।

चौधरी हाल कञ्चनपुरको झलारीस्थित नम्बर ३५ नम्बर गण शैलेश्वरीमा कार्यरत थिए। उनी केही दिनअघि बिदामा घर पुगेका थिए।

प्रतिक्रिया