रेल्वे सम्झौतापछि भारतबाट पहिलो पटक निजी कार्गो रेल वीरगन्ज आइपुग्यो


वीरगन्ज – नेपालमा भारतबाट पहिलो पटक निजी कार्गो रेल वीरगन्ज आइपुगेको छ ।

भारतको हल्दियाबाट सो रेल आज (बुधबार) बिहान १०स्१५ बजे वीरगन्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको हो ।

यस अघि भारतीय सरकारको स्वामित्व भएको रेल मात्र नेपाल आउने गरेकोमा यो निजी क्षेत्रको पहिलो रेल हो ।

भारतसँग निजी कार्गो रेल नेपालको सीमासम्म ल्याउने विषयमा गत असार २५ गते सम्झौता भएको र सो अनुसार नेपालमा निजी रेल आउन सम्भव भएको हो ।

प्रतिक्रिया