अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल जाँदै


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) बुटवल जाँदै छन् । रुपन्देहीको एमाले अगुवा कार्यकर्ता भेलालाई उनले सम्बोधन गर्नेछन् ।

केही दिनयता देशदौडाहमा निस्किएका ओलीले हिजो (मंगलबार) आफ्नो गृह जिल्ला झापामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए।

बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईँले जानकारी दिए ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उप महासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया