कटवालद्वारा चक्रघट्टी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान


बराहक्षेत्र – चक्रघट्टिस्थित प्राथमिक स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री उपलब्ध भएको छ ।

बराहक्षेत्र नगरपालिका वडा नं. ८ पुलाहाका स्थायी बासिन्दा भिम कटवालको पहलमा स्वास्थ्य बिभाग काठमाडौबाट उपलब्ध १ थान अक्सिजन कन्सट्रेटर, एटिजेन कीट २ सय पिस, अक्सिमिटर थरमन गन १ पिस गरेर २ लाख बराबरको स्वास्थ्य सामाग्री शुक्रवार स्वास्थ्य चौकीका प्रमुख पृथ्वीचन्द्र भगतलाई हस्तान्तरण गरिएको हो ।

सहज रुपमा स्थानीय क्षेत्रमै सेवाग्राहीहरुलई अक्सिजन उपलब्ध गराउने उद्देश्य राखेर स्वास्थ्य सामाग्री उपलब्ध गरेको पहलकर्ता नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि समेत रहेका भिम कट्बालले बताए ।

अक्सिजन कन्सन्ट्रेटर प्रति मिनेट १० लिटर उत्पादन गर्ने सक्ने क्षमताको रहेको छ ।

हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्यद्वय शंकर बस्नेत , कालुराम चौधरी , नगर-सह सभापति रत्नबहादुर राउत , वडा नं ६ सभापति लालबहादुर रोका, ८ नम्बर वडा सभापति खेमबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया