‘पत्रकार कुटपिटकाे घटनाप्रति हामी लज्जित छौं, अब यस्तो गर्दैनौं’: तालिबान
काठमाडौं – अफगानिस्तानमा पत्रकारविरुद्ध हिंसामा भएको वृद्धिसँगै रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) ले चिन्ता व्यक्त गरेको छ । बिहिबार नीजि समाचार च्यानल टोलो न्यूजले पत्रकार र संवाददातामाथि अफगानिस्तानमा तालिबानले कुटपिट गरेको बताएको छ ।
आरएसएफका अफगानिस्तान डेस्कका प्रमुख रेजा मोइनीले ७ र ९ सेप्टेम्बरको ४८ घण्टाका बेला तालिबानले २४ जना पत्रकारलाई हिरासतमा लिएका थिए जसलाई पछि रिहा गरियो । तालिबानका सदस्य अनामुल्लाह समानगनीले तालिबान भविष्यमा यस्तो प्रकारको घटनाबाट बच्ने बताएका छन् ।
उनले भने, ‘पछिल्ला केही दिनमा पत्रकार पीडित भएका छन् यसका लागि हामी लज्जित छौं । हामी उहाँहरुको चुनौती सुल्झाउने कोसिस गरिरहेका छौं । हामीले यसमाथि काम गर्नेछौं र उनीहरुसँग सही तरिकाले व्यवहार गर्ने कोसिस गर्नेछौं ।’
८ सेप्टेम्बरमा नीजि पत्रिका एतिलात–ए–रोजले आफ्ना पाँच रिपोर्टरलाई तालिबानले अफगानिस्तानको राजधानी काबुलमा महिलाको प्रदर्शनबारे समाचार संकलन गर्दा हिरासतमा लिएको बताएको छ । आफ्ना दुई पत्रकारलाई तालिबानले निर्घात कुटपिट गरेको यसमा दाबी गरिएको थियो ।
अफगानिस्तानका केही पत्रकारले तालिबानले उनीहरुको काममाथि प्रतिबन्ध लगाइदिएको बताएका छन् ।
च्यानलले ८ सेप्टेम्बरमा हेरात शहरमा हालै तालिबानको गोलीबारीकोम शिकार भएका मानिसहरुका परिवार न्यायका लागि प्रदर्शन गरिरहेका छन् ।