देउवाकै वडामा अधिवेशन स्थगित, निर्वाचन अधिकृतले एकलौटी हिसाबमा अधिवेशन गर्न लागेको भन्दै विरोध
डडेलधुरा — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको वार्डमा अधिवेशन स्थगित गरिएको छ ।
कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा सम्पन्न गर्नुपर्ने वडा अधिवेशनमा विवाद देखिएपछि देउवाको गन्यापधुरा वडा नं. १ रुवाखोलामा अधिवशेन स्थगित गरिएको वडा इकाई सभापति पदमबहादुर महताले जनाए ।
उनले एक विज्ञप्ति जारी गर्दै जिल्ला निर्वाचन अधिकृतले बिना कुनै छलफल एकलौटी हिसाबले अधिवेशनको कार्यतालिका प्रकाशित गरेको हुनाले अधिवेशन स्थगित गर्न अनुरोध गरेका छन् ।