

काठमाडौंका दश स्थानमा सर्वसुलभ खानाको व्यवस्था

काठमाडौं – सररकारले काठमाडौंका दश स्थानमा सर्वसुलभ खानाको व्यवस्था गरिने भएको छ ।
शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सामाजिक संस्थाको सहयोगमा सहरी विपन्न नागरिकका लागि १० स्थानमा खानाको बन्दोबस्त गर्ने घोषणा गरेका हुन् ।

