फिफा विश्वकप छनोटः मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित


काठमाडौं – कप्तान लियोनल मेस्सीले ह्याट्रिक पूरा गर्दा अर्जेन्टिनाले फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा सहज जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले हराएको हो । अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिक पूरा गरे । खेलमा बलियो देखिएको अर्जेन्टिनाले १४ औं मिनेटमा मेस्सीको गोलमा अग्रता बनाएको थियो । ६४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

८८ औं मिनेटमा मेस्सीले ह्याट्रिक पूरा गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाए । कतार विश्वकप छनोटको खेलमा मेस्सीको पहिलो ह्याट्रिक हो । जितसँगै अर्जेन्टिनाले ८ खेलमा १८ अंक जोडेको छ । अर्जेन्टिना छनोट तालिकाको दोस्रो स्थानमा छ । पराजित बोलोभियो ६ अंक जोडेर नवौं स्थानमा रहेको छ । आज नै भएको अर्काे खेलमा उरुग्वेले इक्वेडरलाई १–० ले हराएको छ ।

प्रतिक्रिया