स्वागत नेपालसहित एमसीसी उपाध्यक्ष आगमनमा प्रदर्शन गर्ने रिहा


काठमाडौं – स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाल रिहा भएका छन् । एमसीसीका उपाध्यक्ष नेपाल भ्रमणमा आगमनको समयमा विरोध प्रर्दशनमा उत्रिँदा पक्राउ परेका अधिवक्तासमेत स्वागत नेपाल र उनका कार्यकर्ता रिहा भएका हुन् ।

स्वतन्त्र राष्ट्रिय अभियान नेपाल र उन्नत लोकतन्त्र पार्टी नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को विरोधमा प्रदर्शनमा उत्रिएका अध्यक्ष अधिवक्ता स्वागत नेपाललगायत १२ जना रिहा भएका हुन्।

उनीहरुलाई एमसिसीका उपाध्यक्ष फातिमा सुमारको आगमन हुने समयमा त्रिभुवन विमानस्थलबाट पक्राउ गरी महेन्द्र पुलिस क्वब र अन्य प्रहरी प्रभागमा लागिएको थियो ।

पक्राउ पर्नेमा कृष्ण प्रसाईँ, शिवराम थापा, दुर्गा बस्नेत, नवीन मैनाली, राजु राउत, आगेली माइला, रोशा नेपाल, रामकुमार नेपाल, इन्द्र कालिकोटे, सङ्गीता सारथी, गोपाल गुरुङ, रामकुमार विष्टलगायत थिए ।

प्रतिक्रिया