एमसीसी उपाध्यक्ष सुमारले एमाले अध्यक्ष ओलीबाट भेट थाल्ने, त्यसपछि प्रधानमन्त्री देउवा


काठमाडौं– विहीबार राजधानी उत्रिएकी अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि राजनीतिक भेटघाट सुरु गर्ने भएका छन्।

उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यसपछि भेट्नेछन् र अन्य राजनीतिक दलका शिर्ष नेतासँग पनि वार्ता गर्ने बताइएको छ।

विदेशी प्रतिनिधिहरूले पहिला प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने अभ्यास भए पनि उक्त टोलीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीसँग पहिलो भेट गर्न लागेका हुन्। यस अर्थमा पनि एमसीसी निक्कै चासोका साथ समर्थन र विरोधको विषय बनेको छ।

एमसीसीलाई लिएर देशमा चर्को विवाद छ। सुमार त्रिभुवन विमानस्थलमा ओर्लिँदा पनि सर्वसाधारणले यसको चर्को विरोध गरेका थिए। सुरक्षा खतरा रहेका कारण एमसीसीले पत्रकार सम्मेलन नगरी वक्तव्य जारी गर्ने भएको छ।

प्रतिक्रिया