सभामुखको हस्तक्षेपबीच एमाले सांसदको नाराबाजी, १५ मिनेटका लागि बैठक स्थगित


काठमाडौं – प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका छन् । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै जवाफ मागेका एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।

एमालेको सांसदहरुको नाराबाजी भएपछि सभामुख सापकोटाले मर्यादा ननाघ्न चेतावनी दिएका थिए ।

प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ ।

एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रतिक्रिया