


पानीपुरीमा पिसाब मिसाउने ठेलावाल पक्राउ

काठमाडाैं – पछिल्लाे समय सामाजिक सञ्जालमा पानी पुरीवालाले पानीपुरीमा हालेर खाने अमिलो, पिरोयुक्त स्वादिलो पानीमा पिसाब मिसाएकाे भिडियो निकै भाइरल बनेको छ। यो निच हर्कतको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि भिडियो भाइरल बनेको हो।
खासमा सामाजिक सञ्जालमा भाइरल यो भिडियो भारतको गुवाहाटीस्थित अठगाउँको हो । जहाँ उनी सडक किनारमा नियमित पानीपुरी बेच्दै आएका थिए । तर उनले गर्ने हर्कतबारे कसैलाई थाहा थिएन ।
यस्तैमा एक व्यक्तिले उनको भिडियो खिचेर उनको यर्थाथता बाहिर निकाले । गुवाहाटीमा पानीपुरी बेच्ने ती व्यक्तिले पिसाब मिसाएको भिडियो भाइरल बनेपछि धेरैले उनीप्रति आक्रोश व्यक्त गरेका छन् । भिडियो भाइरल बनेपछि प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ।

