डुबेर २ जना, लडेर २ जनाको मृत्यु


काठमाडौं – पर्सा, बिन्दवासिनी गाउँपालिका-४ मधुवन बस्ने २० वर्षीय हिरामन दासको सोमबार दिउँसो खोलामा डुबेर मृत्यु भएको छ । आफ्नै घरदेखि करिब २ किलोमिटर टाढा गार्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-११ गनवरीयास्थित माछा पोखरीमा डुबेर गैडहवा गाउँपालिका-२ घर भएका फिरोज आलमको ३ वर्षीय छोरा मोहम्मद आलमको सोमबार राति मृत्यु भएको छ ।

आफ्नो आमासँग मामा घर आएका उनी घरदेखि करिब १० मिटर टाढा खेल्ने क्रममा माछा पोखरीमा खसेर डुब्दा अशक्त भएका उनलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

लडेर २ जनाको मृत्यु

सिन्धुली, कमलामाई नगरपालिका-४ पोख्रेलगाँउ बस्ने ६० वर्षीया रत्नमाँया मगरको लडेर सोमबार दिउँसो मृत्यु भएको    छ ।  घरबाट करिब १ किलोमिटर टाढा खादिखोला सामुदायिक वनमा बाख्रा चराउन गएको अवस्थामा ढुंगामा चिप्लिएर लड्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिरहा, लहान नगरपालिका-१७ बलानशेर बस्ने ६० वर्षीय खुशिया सदायको लडेर सोमबार दिउँसो मृत्यु भएको छ । धनगढिमाई नगरपालिका-१० बाबुराम पुलस्थित सडकमा पैदल हिँडदै गरेकी उनी अचानक सडक छेउमा लड्दा घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया