वाईसीएल अध्यक्ष चयन गर्न केन्द्रीय समिति बैठक बस्दै


काठमाडौं – नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको केन्द्रीय समिति बैठक बस्दै छ ।

भदौ १२ देखि १५ सम्म भएको राष्ट्रिय भेलाले चयन गरेको नयाँ केन्द्रीय समिति सदस्यहरुको पहिलो बैठक मंगलबार बस्न लागेको हो ।

बैठक वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने वाइसीएलका नेता पुष्प ओलीले जानकारी दिएका छन् ।

बैठकले अध्यक्ष लगायतका पदाधिकारीहरु चयन गर्नेछ । १५ गते सम्पन्न भेलाले २३१ सदस्यीय केन्द्रीय समितिमध्ये २०४ जना निर्विरोध निर्वाचित गरेको थियो ।

वाईसीएल बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी हुने बुझिएको छ ।

प्रतिक्रिया