डेब्यू बलमै विक्रमलाई विकेट, पपुवान्युगिनीबीचको पहिलो खेलमा नेपाल फिल्डिङ गर्दै


काठमाडौं – पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले टस हारेर बलिङ सुरु गरेको छ । भर्खरै सुरु भएको खेलमा पपुवान्युगिनीले टस जितेर ब्याटिङ सुरु गरेको छ ।

नेपालका लागि पहिलो ओभरको बलिङ सोमपाल कामीले गरेका छन् । त्यस्तै नेपाली टिममा डेब्यू गरेका विक्रम सोबले खेलको दोस्रो ओभर र आफ्नो पहिलो बलमै विकेट लिएर सुखद सुरुवात गरेका छन् ।

नेपालका लागि तीन जना खेलाडीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् । ओपनरका रुपमा कुशल भुर्तेल ब्याट्म्यानका रुपमा आसिफ शेख र तीब्र गतिका बलर बिक्रम सोबले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् ।

पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको सुरुवाती—११ मा पर्दै कुशल, बिक्रम र आसिफले डेब्यु गरेका हुन् ।

नेपालले कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा सुरुवाती—११ को घोषणा गरेको छ। जसमा तीनै खेलाडी परेका हुन् ।

दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।

प्रतिक्रिया