नेपाल-चीन सीमाबारे अध्ययन गर्न समिति गठन


काठमाडौं – हुम्लाको नाम्खामा ‘विवादित’ नेपाल-चीन सीमाबारे अध्ययन गर्न सरकारले सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ ।

यही भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार ‘चीनसँगको सीमा समस्या’ अध्ययन समिति बनाइएको हो ।

नाम्खा गाउँपालिका-५ र ६ स्थित नेपाल-चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नापी विभागका अधिकारी सदस्य रहने छन् ।

समितिमा रहने सदस्यको नाम पठाउन नेपाल प्रहरी, सशस्त्र र नापी विभागलाई पत्राचार गरिएको गृह स्रोतले जानकारी दिएको छ । तर नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार नेपालसँग सीमा विवाद नरहेको दाबी गरेको थियो ।

प्रतिक्रिया