२ हाइड्रोपावरको सेयर खरिद गर्दै ङादी ग्रुप


काठमाडौं – ङादी ग्रुप पावरले २ वटा हाइड्रोपावर परियोजनाको सेयर खरिद गर्ने निर्णय गरेको छ ।

कम्पनीले सगरमाथा जलविद्युत कम्पनीले सञ्चालन गरेको ९.६० मेगावाटको सुपरमाई ए जलविद्युत आयोजनाको ७६.५८% सेयर र माइखोला हाइड्रोपावरले सञ्चालन गरेको ३ मेगावाट क्षमताको माइखोला क्यास्केडको शतप्रतिशत सेयर खरिद गर्ने निर्णय गरेको हो । उक्त आयोजनाबाट विद्युत उत्पादनसमेत भइरहेको कम्पनीले जनाएको छ ।

यता, ङादी ग्रुपले असोज ३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा २०% बोनस सेयर र कर प्रयोजनका लागि १.०५% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । साथै, बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीको २००% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ । प्रस्तावित बोनसपछि पुँजी ७० करोड ६९ लाख ३२ हजार ३६० रुपैयाँ पुग्नेछ । सोही पुँजीमा २००% हकप्रद प्रस्ताव गरिएको हो ।

साधारण सभा क्विन्स क्याफे अनामनगर, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज हुनेछ । भदौ १७ गतेसम्म कायम रहने सेयरधनीले प्रस्तावित बोनस सेयर पाउनेछन् ।

प्रतिक्रिया