तीनै जना स्टार मेस्सी, नेयमार र म्बाप्पेलाई एकैसाथ मैदानमा उतार्दै पीएसजी


काठमाडाैं – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका प्रमुख प्रशिक्षक मौरिसियो पोचेटिनोले फ्रान्सेली लिग वानमा तीनै जना स्टार मेस्सी, नेयमार र म्बाप्पेको तिकडीलाई आजको मैदानमा उतार्ने भएका छन् ।

रैम्स बिरुद्ध आज हुने खेलका लागि टोलीको घोषणा गर्दा तीनै जना सुपर स्टार पीएसजीले खेलाउने भएकाे हो । याेसँगै बार्सिलोनाबाट सरेका अर्जेन्टाइन स्टार लियोनल मेस्सीको पीएसजीका लागि ‘डेब्यु’ गर्ने दुई साता लामो प्रतीक्षा अन्त्य भएको छ ।

खेल प्रशंसकले भने एकैपटक तीनै जना खेलाडी उत्रेको हेर्न चाहेका थिए । म्बाप्पेको रियल मड्रिड सर्ने चर्चा चलिरहँदा पीएसजीले म्बाप्पे र मेस्सीसहितको टोलि घोषणा गरेको हो । नेयमार भने घाइते भएर मैदान बाहिर  थिए ।

प्रशिक्षक पोचेटिनोले भने तीनैजना सुरुवाती एघारमा रहने गरी टोलीको घोषणा गरिएको र प्राथमिकता हेरेर अन्तिम समयमा टुंगोमा पुग्ने बताए।

प्रतिक्रिया