हेरी पत्नी मेगनद्वारा गर्भपतन


लण्डन(एजेन्सी)– प्रिन्स हेरीकी पत्नी मेगन मार्कलले आफूले गत जुलाईमा गर्भपतन गराएको खुलासा गरेकी छन् । न्यूर्योक टाइम्समा उनले एक लेख लेख्दै यो कुराको जानकारी दिएकी हुन् । यो खबर सार्वजनिक हुनासाथ सामाजिक सन्जालमा मेगन र प्रिन्स मनपराउने समर्थकले उनीहरुप्रति प्रेम दर्शाएका छन् । उनीहरुले जोडीलाई मजबुत रहन सल्लाह दिएका छन् ।

‘द लूजेज, वी शेयर’ शीर्षकमा प्रकाशित लेखमा जुलाईको समयमा आफूले नाश्ता बनाएर छोरा आर्चीको डाइपर फेरिरहँदा पेटमा कठिन भएपछि आर्चीलाई काखमा लिएर भुँइमा लडेको उल्लेख गरेकी छन् । ‘जमिनमा लड्नासाथ ममा जुन दुखाई भयो, त्यो दुखाईले नै मैले दोस्रो बच्चा गुमाएको सम्झिएँ । केही समयपछि म अस्पतालमा थिएँ र होसमा आउँदा हेरीले मेरो हात समातिरहेको थियो । म अस्पतालमा सुतिरहँदा मेरो र हेरीको आँखामा आँशु थियो । अस्पतालमा सय बढी महिला थिएँ, जसमा १० देखि २० महिलाहरु गर्भपतनको पीडामा थिए’, उनले लेखेकी छन् ।

मेगनको यो लेख सार्वजनिक हुनासाथ सामाजिक सन्जाल प्रयोगकर्ताले आफ्नो प्रेम दर्शाएका छन् । केही सामाजिक सन्जाल प्रयोगकर्ताले यो घटनाप्रति आफ्नो दुःख बताइरहँदा केही महिला प्रयोगकर्ताले भने आफ्नो गर्भपातको किस्सा साझा गरेका थिए ।

अप्रिल २०१९ मा हेरी र मेगनको पहिलो सन्तानको जन्म भएको थियो । उनीहरु ब्रिटेनको आफ्नो शाही खानदानबाट मुक्त हुने घोषणा गरेपछि चर्चामा आएका थिए ।

प्रतिक्रिया