एमसीसीे एक विकास परियोजना भएकाले हाम्रो मुलुकलाई जरुरी छ : कानुनमन्त्री कार्की


मोरङ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीे एक विकास परियोजना भएकाले नेपालका लागि जरुरी रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उनले नेपाल विकासउन्मुख मुलुक रहेकोले अमेरिकाले नेपालको बिकासकालगि प्रदान गरेको उक्त परियोजना नेपालका लागि उपयुक्त र जरुरी रहेको बताएका छन् । मन्त्री कार्कीले उक्त विषयमा दलसँग छलफल गरेर मात्र पारित गर्ने बताएका छन् ।

मन्त्री कार्कीले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने पनि प्रष्ट पारेका छन् । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको जानकारी दिए।।

समयको महत्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी दिगो विकासका कार्य गर्ने प्रष्ट पारेको उनले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यक्ता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यस सम्बन्धमा छलफल हुने जानकारी दिए ।

एक प्रश्नको जवाफमा मन्त्री कार्कीले नेपाली कांग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न यही भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने र सभापतिको उम्मेदवारीका लागि पनि सूचना जारी गरिने जानकारी दिए ।

मन्त्री कार्की सुनसरीको रामधुनी नगरपालिकाको कार्यक्रमका लागि यहाँ आइपुगेका हुन् ।

प्रतिक्रिया