महन्थ नेतृत्वको लोसपा दर्ताका लागि १५ सांसदले गरे सनाखत


काठमाडौं – जनता समाजवादी पार्टीबाट छुट्टिएर १५ जना सांसदले निर्वाचन आयोगमा सनाखत गरेसँगै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता हुने भएको छ।

ठाकुर नेतृत्वको (लोसपा) दर्ताका लागि बुधबार आयोगमा प्रतिनिधि र राष्ट्रिय सभाका १५ सांसदले सनाखत गरेको नेता केशव झाले जानकारी दिए।

जसपाका प्रतिनिधि सभामा ३४ र राष्ट्रिय सभामा तीन जना सांसद छन्। तीमध्ये दुई जना निलम्बनमा परेका छन्।

निलम्बनमा परेका सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएको झाले बताए। चौधरीसहित प्रतिनिधि सभाका १४ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेको झाले जानकारी दिए।

 

प्रतिक्रिया