
माधव पक्षलाई एमालेको आग्रह: मूल घरमा फर्किनुहोस्, स्वागत गर्छौ
काठमाडौं – नेकपा एमाले स्थायी कमिटी बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गर्दै २०७५ जेठ २ मा जो जुन कमिटीमा क्रियाशील थियो सोही जिम्मेवारीमा रहन स्थायी कमिटी बैठकले निर्देशन दिएको छ ।
पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, सबै तहका कमिटी र जनसंगठनका पदाधिकारी र सदस्यलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने निर्णय भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
त्यस्तै नेकपा एमालेले पार्टी विभाजन गरेर गएका नेता तथा कार्यकर्तालाई मूल घरमा फर्किन आग्रह गरेको छ । पार्टी स्थायी कमिटी बैठकपछि जारी गरिएको एक आह्वानमा यो कुरा उल्लेख गरिएको छ ।
‘एकताका लागि आह्वान गर्ने प्रस्ताव पारित भएको छ । मूल घरमा फर्किनुहोस्’, प्रवक्ता ज्ञवालीले भने, ‘तपाईंहरुलाई पार्टीमा हार्दिक स्वागत गरिने छ । कारबाही नहुने जानकारी गराउन चाहन्छौं ।’



कागजपत्र |
