एमालेको स्थायी कमिटी बैठक बस्दै, तेस्रो धारका नेताहरु पनि सहभागी हुने


काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

स्थायी कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्ने भएको छ ।

मंगलबारको बैठकमा ‘तेस्रो धार’मा रहेका नेताहरू पनि सहभागी हुने ज्ञवालीले बताएका छन् ।

हिजो (सोमबार) अध्यक्ष ओलीको निवास बालकोटमा तेस्रो धारका नेताहरूसितको छलफलपछि आजको लागि बैठक बोलाइएको हो ।

सोमबारको छलफलमा तत्कालीन एमाले विवाद समाधान गर्न गठित कार्यदलमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने समझदारी भएको ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया