माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेबाट जारी बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाउने बताइएको छ ।

बैठकले नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठनिक कामलाई टुंगो लगाउने मओवादी केन्द्रका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेताहरुको कार्य विभाजन, आउँदो पुस ११–१३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेर टुंगोमा पुग्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । यसअघि सो पार्टीको संगठनका केही विषयहरुको निर्णय गर्न केन्द्रीय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो । माओवादीमा केन्द्रीय समितिको रिक्त पदपूर्ति, प्रदेश तथा जिल्लामा रिक्त पदाधिकारीहरूको पूर्ति हुन सकेको छैन ।

स्थायी समितिको हिजो शनिबार बसेको बैठकमा सांगठनिक विषय टुंग्याउने विषयमा छलफल थालिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।

प्रतिक्रिया