
सांसदहरुको सनाखतका लागि सभामुखलाई आयोगको पत्र
काठमाडौँ – माधव नेपाल र महन्त ठाकुरले बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएकाले निवेदनमा उल्लेखित सांसदहरु सम्बन्धित दलका हुन् कि होइनन् भनेर निर्वाचन आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाउने निर्णय गरेको छ ।
माधव नेपालले एमाले र महन्थ ठाकुरले जनता समाजवादी पार्टीबाट २० प्रतिशत सदस्य सङ्ख्या लिएर फरक पार्टी दर्ता गर्न निवेदन दिएपछि आयोगले सभामुखलाई औपचारिक पत्र पठाएर जवाफ माग्ने निर्णय गरेको हो ।
‘आयोगले निर्णय गरेर सभामुखलाई पत्र पठाइसकेको छ, निर्वाचन आयोगका अधिकारीले भने, ‘सभामुखको जवाफ पर्खिरहेका छौँ ।’
निर्वाचन आयोग स्रोतका अनुसार माधव नेपाललाई सङ्घीय सांसदहरुको संख्याका आधारमा नयाँ दल दर्ता गर्न ३१ सांसद आवश्यक पर्छ भने महन्थ ठाकुरलाई ७ सांसद भए २० प्रतिशत पुग्छ ।



कागजपत्र |
