आईसीसी सीडब्लूसी लिग-२ का लागि १७ सदस्यीय टोली घोषणा


काठमाडौं – आईसीसी सीडब्लूसी लिग–२ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको ट्राई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि खेलाडी छनोट गरिएको छ ।

कप्तान ज्ञानेन्द्र मल्लसहित १७ खोलाडी छनोट गरिएको नेपाल क्रिकेट संघले जनाएको छ। ज्ञानेन्द्र मल्लसँगै आसिफ सेख, कुशल मल्ल, सोमपाल कामी, अविनाश बोहरा, शरद भेषवाकर, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, विनोद भण्डारी, सन्दीप लामिछाने, रोहित पौडेल, विक्रम सोव, कुशल भुर्तेल, आरिफ सेख, करण केसी, पवन सराफ, सुशन भारी छनोट भएका छन् । जसमा गुल्शन झा पहिलो पटक टिममा पर्दा रोहित पोडेलले पुनरागमन गरेका छन् ।

टिम पदाधिकारीहरूमा प्रमुख प्रशिक्षक डेभ वाटमोर, व्यवस्थापक मोहम्मद दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमण सिवाकोटी, फिजियो विक्रम न्यौपाने र ट्रेनरः राकेश काशिभाई गोहिल ओमान जाने छन् । खेलाडी तथा पदाधिकारीहरू भदौ ८ गते बिहान ८ बजे ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

प्रतिक्रिया