विदेशमन्त्रीस्तरीय बैठकमा नेपाललाई दिल्लीमा निम्तो, भारतीय विदेश सचिव आज फर्कने


काठमाडौं– विदेशमन्त्रीस्तरीय बैठकमा भारतले नेपाललाई दिल्लीका लागि निम्तो दिएको छ। दुई दिने नेपाल भ्रमणमा विहीबार काठमाडौं आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्री स्तरीय बैठकको निम्तो दिएका हुन् ।

मन्त्री ज्ञवालीसँगको शिष्टाचार भेटमा भारतीय विदेश सचिवले बैठकका लागि निम्तो दिएका हुन्। भारतीय विदेशमन्त्री एस जयशंकरले पठाएको निम्तो ज्ञवालीलाई सुनाएका थिए।

सीमालगायत द्विपक्षीय विषयहरुमा बुँदागत छलफल गरेर देखिएका समस्या समाधान गर्ने बैठकमा छलफल हुनेछ।

सो आयोगको बैठक २३ वर्षपछि सन् २०१४ मा बसेको थियो जसले कालापानी र सुस्तालगायतका विवाद समाधानका लागि गृहकार्य गर्न परराष्ट्र सचिवलाई निर्देशन दिएको थियो । त्यसपछि सन् २०१६ र २०१८ मा सो आयोगको बैठक बसेको थियो।

प्रतिक्रिया