मेलम्ची खानेपानीको पाइपलाइन विस्तारका क्रममा काठमाडौंमा घर भत्कियो


काठमाडौं – काठमाडौँको सामाखुशीमा मेलम्चीको खानेपानीको पाइपलाइन विस्तारका क्रममा घर भत्किँदा एक जना गम्भीर घाइते भएका छन् ।

काठमाडौँ महानगरपालिका- २६ म्हैपीमा पाइपलाइन विस्तारका क्रममा तनहुँका ५७ वर्षीय प्रल्हाद केसी गम्भीर घाइते भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख रमेश विष्टले जानकारी दिए।

घाइते केसीको त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । पछिल्लो समय काठमाडौँको सामाखुशी र टोखाका विभिन्न क्षेत्रमा पाइपलाइन विस्तारको कामलाई तीव्रता दिइएको छ ।

प्रतिक्रिया