देउवा र प्रचण्डको षडयन्त्रमा एमाले विभाजन : महेश बस्नेत


काठमाडौं – नेकपा एमालेका नेता महेश बस्नेतले माधव कुमार नेपाललाई पार्टी दर्ताको लागि २० प्रतिशत पुर्‍याउन मुस्किल पर्ने बताएका छन्।

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उनले शेरबहादुर र पुष्पकमल दाहाल प्रचण्डको षडयन्त्रअनुसार अब माधव नेपाललाई २० प्रतिशत पुर्‍याउन पनि चुनौति रहेको बताए । उनले भने, ‘माधव नेपालले नाम दिएका केन्द्रीय सदस्य र सांसदहरुले आफ्नो नाम फिर्ता लिन थालिसके।’

नेपाललाई २० प्रतिशत केन्द्रीय सदस्य र सांसद नपुग्ने भएकालाई नेपालका मान्छे घटाउनतर्फ लाग्न आग्रह गरे। देउवा र प्रचण्डको षडयन्त्रले नै एमाले विभाजन भएको उनले आरोप लगाए।

उनले भने, ‘एमालेबाट केही टुक्रिएर गए। तर, सूर्यरूपी एमालेलाई केही असर गरेको छैन।’

प्रतिक्रिया