चीनबाट ८ लाख डोज भेरोसेल खोप आइपुग्यो, थप आठ लाख पनि आजै


काठमाडौं – चीनबाट खरिद गरिएको मध्येको कोरोना विरुद्धको ६० लाख डोज मध्ये ८ लाख डोज भेरोसेल खोप गएराति १२ बजे काठमाडौँ आइपुगेको छ ।

बुधबार विहान काठमाडौँबाट चीनको प्रान्तीय शहर तियनजीन पुगेको नेपाल एयरलायन्सको वाइडबडी जहाजले मध्यरात खोप काठमाडौँ ल्याइपुर्‍याएको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार बुधबार राति १२ बजे खोप आइपुगेको र अहिले सो खोपलाई अस्थायी व्यवस्थापन गरी अहिले टेकुस्थित खोप भण्डारमा राखिएको उनले बताए।

यसैबीच चीनबाट आजै थप ८ लाख खोप आउने भएको छ । नेपाल एयरलायन्सकै जहाजले चीनको प्रान्तीय शहर तियनजीनबाट आज बेलुका ८ बजे थप ८ लाख डोज भेरोसेल ल्याउने भएको हो । खोप लिनका लागि विहान ७ स् ४५ बजे जहाज त्यस तर्फ उडिसकेको छ ।

 

प्रतिक्रिया