घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं – बिहीबार नेपाली बजारमा सुन तोलामा ४ सय रुपैयाँ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४ सय रुपैयाँले घट्दै बिहीबार ९० हजार ८ सय रुपैयाँ कायम भएको हो ।

गत बुधबार बजारमा सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै यता तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ४ सय रुपैयाँले नै सस्तिँदै ९० हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अधिकतम २५ रुपैयाँले घट्दै बिहीबार एक हजार १८० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया