


निर्वाचन आयोग पुगे माधव नेपाल

काठमाडौं – नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका एमालेको माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्। बुधबार साँझ कार्यालय समय सकिनु आधा घन्टाअघि नेपाल कान्तिपथस्थित आयोग कार्यालयमा पुगेका हुन्।
उनीसँगै उनको पार्टीका नेताहरू विरोध खतिवडा, रामकुमारी झाँक्री पनि आयोग कार्यालय पुगेका छन्। नेपालले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिन्ह खुला किताब राखेर दल दर्ताका लागि निवेदन दिसकेका छन्।

