
तालिबानको सत्ता कब्जापछि यस्तो आयो चीनको धारणा
अफगानिस्तानको शान्ति र पुर्नर्निमाणमा रचनात्मक भूमिका खेल्न चाहन्छः चीन
बेइजिङ – अफगानिस्तानमा तालिबानको नियन्त्रण र राष्ट्रपति असरफ घानीले देश छाडेपछि चीनले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेको छ ।
चिनियाँ विदेशमन्त्रालयकी प्रवक्ता हुआ चुनियाङले अफगानी जनताले आप्mनो भाग्य र भविष्यको फैसला गर्ने अधिकारको सम्मान गर्ने बताइन् । उनले चीनले अफगानिस्तानसँग सहकार्य अगाडि बढाउन चाहेको बताइन् ।
हुआ चुनिगांगले भनिन्, ‘चीन अफगानिस्तानको शान्ति र पुनर्निमाणका लागि रचनात्मक भूमिका खेल्न चाहन्छ । चीनको विदेश मन्त्रालयले तालिबानले पहिला आप्mनो प्रतिबद्धता पूरा गर्दै वार्ताको माध्यमबाट इस्लामिक सरकारसँग वार्ता गर्न सक्ने बताएको छ ।
चिनियाँ विदेशमन्त्रालयले अफगानस्तिानको चिनियाँ राजदूतबास सामान्य रुपमा चल्ने पनि बताएको छ । चिन सरकारले आफ्ना नागरिकलाई चीन फर्कन आग्रह गरेको छ ।
#China hopes that the #Taliban will implement its previous vows to establish through negotiation an open and inclusive Islamic government and act responsibly to ensure the safety of Afghan citizens and foreign missions in Afghanistan: Chinese FM https://t.co/Wuy6XMJiMX
— Global Times (@globaltimesnews) August 16, 2021



कागजपत्र |
