कप्तान ज्ञानेन्द्र र उपकप्तान दीपेन्द्रसहित ३ खेलाडीमा कोरोना संक्रमण


काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना भाईरसको संक्रमण भएको छ । कप्तान ज्ञानेन्द्र बुधबार आफुलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकबाट ज्ञानेन्द्रले आफुलाई कोरोना भएको जनाएका हुन् । कोरोना देखिएपनि आफुलाई कुनै लक्षण नदेखिएको उनले बताएका छन् ।

ज्ञानेन्द्रसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई समेत कोरोना पोजेटिभ देखिएको क्यानले जनाएको छ । यस्तै टिमको एक स्टाफ प्रदिप लामालाई समेत कोरोना देखिएको छ ।

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछ । यी तीन खेलाडीलाइ कोरोना संक्रमण देखिएपछि क्यानले अन्य थप ५ खेलाडीहरूलाइ बन्द प्रशिक्षणका लागि बोलाएको छ ।

प्रतिक्रिया