टिचिङ अस्पतालमा खुल्यो उडुस मार्ने टेण्डर


काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले मुसा, उडुस, उपियाँ साङ्ला आदि नियन्त्रणको लागि टेण्डर निकालेको छ ।

शुक्रबारको गोरखापत्रमा सूचना निकाली अस्पतालभित्रका विभिन्न विभागमा रहेका मुसा, उडुस, उपियाँ, साङ्ला नियन्त्रणका लागि टेण्डर आह्वान गरेको हो ।

अस्पतालका प्रशासन प्रमुख रामविक्रम अधिकारीले अस्पतालको यस किसिमको टेण्डर नियमित र पुरानो प्रक्रिया भएको बताए ।

शिक्षण अस्पतालले विभिन्न विभाग, शाखा, वार्ड, ओपीडिलगायतका युनिटमा ती जीवहरु नियन्त्रण गर्नका लागि १५ दिनभित्र गोप्य शिलबन्दीका आधारमा टेण्डर आह्वान गरेको छ ।

 

प्रतिक्रिया