

फुडी एप भोजबाट खरिद गरि ‘आइएमई पे’ मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक

काठमाडाैं- आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुशन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ र भोजबीच सम्झौता भएको छ। सम्झौता अनुसार नेपालको वान स्टप फुडी एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि ‘आइएमई पे’एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने भएका छन् ।
अब भोजबाट ‘आइएमई पे’ मार्फत खरिद गर्दा ५ सय रुपैयाँ नबढ्ने गरि २० प्रतिशत क्यासब्याक सेवाग्राहीले प्राप्त गर्न सक्ने भएका छन् । अफर २९ साउनदेखि भदौ ३ गतेसम्म लागू हुने छ।
आइएमई डिजिटल सोलुशन लिमिटेडका बजार व्यवस्थापक आमोद भट्टराईले आइएमई पेबाट भुक्तानी गर्दा सेवाग्राहीहरुले अधिकतम फाइदा लिनसक्ने विश्वास व्यक्त गरे ।
भोजका सह-सस्थापक निकेत अग्रवालले भोजदिल्स्बाट खरिद गर्दा ‘आइएमई पे’ मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पाउने बताए ।

