

आजदेखि गोसाइँकुण्ड मेला सुरु, स्थगित गर्ने तयारी

रसुवा – जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ। मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । कोभिड-१९ का कारण थोरै सङ्ख्यामा मात्र तीर्थयात्री पुगेका छन् ।
कोरोना बढेपछि गएको वर्ष मेला सञ्चालन भएको थिएन । यसवर्ष पनि मेला स्थगित गर्ने तयारी गरिएको समितिका अध्यक्ष सञ्जीव डीएमले बताए । मेला सञ्चालन गर्दा कोरोनाको जोखिम बढ्ने भएकाले स्थगित गर्ने तयारी गरिएको उनले बताए ।
२०७६ सालमा सञ्चालन भएको मेलामा १७ हजार तीर्थयात्रीले मेला भरेका थिए । त्यतिबेला धुन्चे-गोसाइँकुण्ड पदमार्गबाट १४ हजार र काठमाडाैं-सुन्दरीजल/हेलम्बु-ठाडेपाटीबाट तीन हजार तीर्थयात्री पुगेका थिए ।

