

‘स्वार्थ बाझिने सम्भावना’ले अफताब आलमको मुद्दा आजको इजलासमा सर्वोच्चले हेर्न मिलेन

काठमाडौं– ‘स्वार्थ बाझिने सम्भावना’ले रौतहटमा इटाभट्टामा जिउँदै मान्छे हाली हत्याको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दा शुक्रबार सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ।
न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा परेको हो। आलम कांग्रेसका निलम्बित सांसद रहेको तथा न्यायाधीशद्वय राउन र रेग्मी कांग्रेस कोटामा नै सर्वोच्चमा पुगेका कारण स्वार्थ बाझिने सम्भावना देखिएको थियो।
राउत न्यायाधीश हुनुअघि कांग्रेस महाधिवेशनको निर्वाचन समितिमा रहेर काम गर्नेमा पर्छन् भने रेग्मी कांग्रेस कोटामा सिफारिसमा परेका हुन्।
पढ्न नछुटाउनुहोस्
आलमले चार पटक हटाएको ‘थुनामुक्ति’ निवेदन देउवा प्रधानमन्त्री हुनासाथ सर्वोच्चमा चढाए

