

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

रुपन्देही – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहिबार प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई सपथग्रहण गराएका हुन् ।
माओवादी संसदीय दलका नेता समेत रहेका केसी काँग्रेससहित ४ दलको समर्थनमा आजै मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई प्रदेशसभाका ४२ जना सदस्यहरुले समर्थन गरेका छन् ।

