पाकिस्तानद्वारा नेपाललाई १ करोड ९० लाख रुपैयाँ बराबरको स्वास्थ सामाग्री सहयोग


काठमडौं – पाकिस्तानले नेपाललाई १ करोड ९० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

उक्त मुल्य बराबरको ३० वटा भेन्टिलेटर र ३० वटा सिपिएपी ब्रेथिङ इक्विपमेन्ट सहयोग गरेको हो । यी उपकरण पाकिस्तानका चार्ज डि एफियर्स अदनान जाभेद खानले बिहीबार स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई हस्तान्तरण गरेका छन् ।

पाकिस्तानले यसअघि सार्क सदस्य राष्ट्रहरूलाई कोभिड-१९ आपतकालिन सहायता कार्यक्रमअन्तर्गत सहयोग गर्ने वाचा गरेको थियो । यसअघि गत महिना पाकिस्तानले यही कार्यक्रमअन्तर्गत नेपाल सरकारलाई ४ करोड ३० लाख रुपैयाँ सहयोग गरेको थियो ।

डा. पोखरेलले सहयोगका लागि पाकिस्तान सरकार र पाकिस्तानी जनताप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया