लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस, ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा कुलप्रसाद केसी


बुटवल – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश भएको छ ।

नयाँ सरकार गठनको लागि लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी प्रस्तुत गरेका हुन् ।

नयाँ मुख्यमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीको समर्थनमा प्रदेशसभाका ४२ सांसदको हस्ताक्षरसहित केसीलाई मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख शेरचन समक्ष दाबी पेस गरेका हुन् ।

उनको पक्षमा नेकपा माओवादी केन्द्रका १९, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेश गर्न बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका थिए । सोही अनुसार काँग्रेस, माओवादी केन्द्र, जसपासहितका गठबन्धनले कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया