भिन्न-भिन्नै सवारी दुर्घटनामा ४ जनाको मृत्यु


काठमाडौं – काठमाडौं महानगरपालिका-२९ सिंहदरबारभित्र निर्माणाधीन संसद भवनमा निर्माणका सामाग्री बोकेर रोकी राखेको प्रदेश न.३-०१-००६ ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं सामाखुसी बस्ने सुर्खेत घर भएका २९ वर्षीय सन्देश बुढाथोकीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभील अस्पताल नयाँ बानेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सल्यान, कालिमाटी गाउँपालिका-४ जम्बुतारास्थित सडकमा रा.१ त ४०४२ नम्बरको मिक्चर जडान ट्याक्टर अनियन्त्रित भई सडकदेखि करिब ६० मिटर तल खसेर मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा कालिमाटी गाउँपालिका-३ बस्ने १९ वर्षीय खुम बहादुर वली र सोही ठाउँ बस्ने २० वर्षीय यज्ञ बहादुर केसी रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

सुर्खेत, भेरीगंगा नगरपालिका-१२ पाँडुलेस्थित सडकमा भे.१ ख २५२६ नम्बरको गाडी अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा गाडीमा सवार हाल नाम, थर, वतन, नखुलेका १ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगंज नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका अन्य ११ जनाको नेपालगंज नर्सिङहोममा र गाडीका सहचालकको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया