अल्जेरियाको जङ्गलमा भीषण डढेलो: कम्तीमा २५ सैनिक र १७ नागिरकको मृत्यु


काठमाडौं – अत्यधिक गर्मीको कारण अफ्रिकी मुलुक अल्जेरियाको जङ्गलमा भीषण डढेलो लागेको छ । डढेलोमा परेर कम्तीमा २५ सैनिक र १७ नागरिकको मृत्यु भएको छ ।

डढेलो नियन्त्रणमा खटिएका धेरै सैनिकहरु जलेर घाइते भएका छन् । आगलागीका कारण जंगल वरिपरिका बस्तीहरु खाली गरिएका छन् । केही खाली बस्ती समेत आगोले नष्ट हुनुका साथै हजारौं हेक्टर जङ्गल नष्ट भएको छ ।

आगलागी नियन्त्रणका लागि सयौं उद्धारकर्मीहरु खटिएका छन् । हेलिकप्टर समेत परिचालन गरिएता पनि डढेलो नियन्त्रणमा आएको छैन। हाल त्यहाँको तापक्रम ४७ डिग्री पुगेको छ ।

प्रतिक्रिया