साउदी अरबकी राजकुमारीको बुर्का छाडेर समाजसेवा अभियानले बटुल्याे तारिफ


रियाद – साउदी अरबकी राजकुमारी हुन्, अमीरा अल तावील । उनी अर्बपति राजकुमार अलवलीद बिन तलालकी पत्नी हुन् । जो ३२ बिलियन डलरका मालिक पनि हुन् । तलालले तीन जनासँग बिवाह गरे । उनको तेस्रो पत्नी हुन्, अमीरा ।

राजकुमारी अमीरासँग जोडिएका केहि घतलाग्दो पक्ष छ । जस्तो उनी, साउदी अरब जस्तो कठोर कानुन भएको मुलुकमा बुर्का छाडेर पश्चिमी फेसन गर्छिन्। उनी, खुलस्त सामाजिक अभियानमा सरिक हुन्छिन् । महिला हक-अधिकारका लागि लड्छिन् साउदी अरबमा महिलाहरु खुलमखुला हिँड्न पाउँदैनन् ।

उनीहरुले हरवखत आफुलाई बुर्काले ढाक्नुुपर्छ । यदि त्यसो नगरिए कडा भन्दा कडा सजाँय भोग्न तयार हुनुपर्छ । कठोर कानुन भएको यो देशमा कुनै महिलाले बुर्का उठाउने हिम्मत गर्दैनन् । तर अपवाद हुन्, राजकुमारी अमीरा अल तावील । उनी अनुहार ढाक्ने कालो बुर्काले आफुलाई छोप्दिनन् ।

बरु, युरोपियन फेसनको पारख गर्छिन् । अक्सर जिन्स र टिसर्टमा ठाँटिएर हिँड्छिन् । पहिरनमा बिद्रोह गर्ने उनी पहिलो महिला हुन्, त्यो मुलुकको ।विश्वको थुप्रै देशमा घुमिसकेकी उनी आधुनिक छिन् । त्यती मात्र होइन, उनी सहयोगी र दयालु पनि छिन् ।

आफुलाई उनले समाजसेवाको बाटोमा लगाएकी छिन् । विश्वको कुनैपनि कुनामा आपत बिपत परेमा उनी सहयोगका लागि हात बढाउँछिन् । चाहे अफ्रिकामा सुकुम्बासीको घर बनाइदिन होस् वा पाकिस्तानको बाढी प्रभावितलाई उद्वार गर्न, उनी अग्रसर भैरहेकी हुन्छिन् ।

उनी स्वंम आफ्ना मुलुकका महिलाहरुको हक अधिकारका लागि पनि लडिरहेकी छिन् । उनी अल–वलीद बिन तलाल फाउन्डेसनकी अध्यक्ष हुन् ।राजकुमारी अमीराको जन्म ६ नोभेम्बर १९८३ मा रियाद, साउदी अरबमा भएको थियो । उनको पिता ऐदान बिन नैयफ अल तवील हुन् ।

अमीरा सानै छँदा आमा बुवाको सम्बन्ध बिच्छेद भैसकेको थियो । अमीराले एबिए गरेकी छिन् । उनी शिक्षित महिलामा गनिन्छिन् । जब अमीरा १८ बर्षकी थिइन्, त्यसबेला राजकुमार अलवलीद बिन तलालसँग उनको भेट भयो । परीक्षाको सिलसिलामा उनीहरुको १० मिनेट भेटघाट भएको थियो । त्यसको ९ महिनापछि उनीहरुले बिवाह गरे ।

प्रतिक्रिया