कतारमा भेटाएको सामान फिर्ता नगर्नेलाई ६ महिना जेल


दोहा – भेटाएको सामान फिर्ता नगर्नेलाई कतारमा कम्तीमा ६ महिना जेल सजाय हुने भएको छ ।

कतारको आन्तरिक मन्त्रालयले अरूले हराएका मोबाइल, नगद, सुन, चाँदीलगायतका बहुमूल्य र महत्वपूर्ण सामग्रीहरू भेटाउनेले ७ दिनभित्र सम्बन्धित ब्यक्तिलाई फिर्ता नगरे ३ हजार कतारी रियाल जरिवाना वा ६ महिना जेल सजाय गरिने जनाएको छ ।

भेटिएको सामान नबुझाउने जोकोहीलाई ३ हजार रियाल जरिवाना र ६ महिना जेल सजाय हुने मेसाइमर पुलिस सेक्शनका प्रमुख लेफ्टिनेंट कर्नल खलिफा सलमानलाई उद्धृत गर्दै द दोहा ग्लोबले जनाएको छ ।

त्य्स्तै कसैले भेटाएको सामानका सम्बन्धित ब्यक्ति पत्ता नलागेमा नजिकको प्रहरी कार्यालयमा बुझाउन पनि सकिनेछ ।

 

प्रतिक्रिया