गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा शोक बिदा


तेह्रथुम – तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाकी उपाध्यक्षका ससुराको निधनमा गाउँपालिकामा शोक बिदा दिइएको छ । गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमकी ससुरा कृष्णप्रसाद गौतमको निधनमा गाउँपालिकामा शोक बिदा दिइएको हो ।

गाउँपालिकाकी उपाध्यक्षका ससुराको हिजो बिहीवार राति निधन भएको र आज शुक्रवार गाउँपालिकामा शोक विदा दिइएको हो । यसरी जनप्रतिनिधिका नजिकका व्यक्तिकाे निधनमा पालिकामा बिदा दिइँदै आएकाे निर्णयकाे विराेध हुँदै आए पनि याे क्रम राेकिएकाे छैन।

प्रतिक्रिया