
सरकार र वीपी प्रतिष्ठान सङ्घर्ष समितिबीच सहमति, आन्दोलन फिर्ता
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुद्धीकरण अभियान, संयुक्त सङ्घर्ष समितिबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोनकारीले आन्दोलन फिर्ता लिएका छन् ।
प्रतिष्ठानका आन्दोलनकारीले आफ्ना माग पूरा गर्न प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवालाई ७२ घन्टे अल्टिमेटम दिएका थिए। चिकित्सक, विद्यार्थी तथा कर्मचारीले माग पूरा नभए बुधवारबाट स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका थिए।
मङ्गलवारदेखि सरकारी वार्ता टोली र आन्दोलनकारीबीच वार्ता सुरु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा। कृष्णप्रसाद पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो।
वार्ता टोलीले प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग वार्ता गर्दै ६ बुँदे सहमति गरेको हो। सरकारी टोलीका तर्फबाट डाक्टर पौडेलसहित सदस्यहरू मानबहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्षर गरेका छन्।
यस्तै, संघर्ष समितिका तर्फबाट संयोजक डाक्टर एसपी रिमाल, सहसंयोजक डाक्टर विष्णु पोखरेलसहित १२ जना सदस्यले हस्ताक्षर गरेका छन्।





कागजपत्र |
